२१ असार २०८३, आइतबार

जम्मु-कश्मीरमा अविरल वर्षा : पहिरोमा परेर पाँच जनाको मृत्यु, १४ घाइते

भदौ १०, २०८२
काठमाडौं
जम्मु-कश्मीरमा अविरल वर्षा : पहिरोमा परेर पाँच जनाको मृत्यु, १४ घाइते

अविरल भारी वर्षाका कारण जम्मु-कश्मीरको त्रिकुटा पर्वतस्थित माता वैष्णोदेवी मन्दिर जाने बाटोमा पहिरो खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएको भारतीय अधिकारीहरूले जनाएका छन् । 

घटनापछि धेरै मानिस हराइरहेको आशंका गरिएको छ । जम्मु-कश्मीरको रियासी जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थलतर्फको यात्रा स्थगित गरिएको छ । दिउँसो करिब ३ बजे पहाड भत्किँदा ढुंगा, ढिस्को र ठूला ढिस्काहरू अचानक खस्दा तीर्थयात्रीहरू अचम्ममा परेका थिए ।

अधिकारीहरूका अनुसार उद्धार कार्य अहिले अधकुवारीस्थित इन्द्रप्रस्थ भोजनालय नजिकै भइरहेको छ । यो पहिरो कट्राबाट मन्दिरसम्मको करिब १२ किलोमिटरको घुमाउरो पैदल मार्गको बीच भागमा खसेको हो ।

यसअघि जम्मुमा तीन जनाको मृत्यु भएको र दुई दर्जनभन्दा बढी घर तथा पुलहरू क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । लगातारको भारी वर्षाका कारण जम्मुका अधिकांश नदी तथा खोलाहरू सतर्कता स्तरभन्दा माथि बगेका छन्, जसले गर्दा शहरका थुप्रै होचो क्षेत्र र सडकहरू डुबानमा परेका छन् ।

मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मु प्रदेशका धेरै भागमा स्थिति धेरै गम्भीर भएको बताउँदै व्यक्तिगत रूपमा अनुगमन गर्न श्रीनगरबाट उपलब्ध हुने पहिलो विमानमार्फत् जम्मु जाने बताएका छन् ।

अधिकारीहरूले जनाएअनुसार जम्मु-श्रीनगर र किश्तवार-डोडा राष्ट्रिय राजमार्गमा सवारी आवागमन रोकिएको छ । साथै, वर्षाका कारण थुप्रै  सडकहरू अवरुद्ध वा क्षतिग्रस्त भएका छन् । माता वैष्णोदेवी यात्रालाई पनि सतर्कताका लागि अस्थायी रूपमा स्थगित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्