
पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओगं योङ काउन्टी खेलकुद समितिबीच खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको छ ।
पोखरामा आज भएको सो समझदारीपत्रमा पोखरा महानगरपालिकाकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं योङ काउन्टीका तर्फबाट हान ग्वाङ् सेओकले हस्ताक्षर गे ।
खेल गतिविधिहरूको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूबीच भ्रमण आदानप्रदान, पोखराका खेलाडीहरूको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको नगरप्रमुख धनराज आचार्यले बताए ।