३१ असार २०८३, बुधबार

सिंगापुरको वार्षिक मूल्यवृद्धि दर घट्दै,जुलाईमा सुधार

भदौ १०, २०८२
काठमाडौं
सिंगापुरको वार्षिक मूल्यवृद्धि दर घट्दै,जुलाईमा सुधार

सिंगापुरको आधारभूत मुद्रास्फीति दर जुलाई महिनामा केही घट्दै वार्षिक आधारमा ०.५ प्रतिशतमा पुगेको छ । अघिल्लो महिनाको तुलनामा यो दर ०.१ प्रतिशतले कम हो। यो जानकारी सिंगापुरको वाणिज्य तथा उद्योग मन्त्रालय तथा मौद्रिक प्राधिकरणले सोमबार संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

वक्तव्यमा उल्लेख गरिएअनुसार, खुद्रा वस्तु तथा अन्य उपभोग्य सामानहरूको मूल्यमा आएको गिरावटसँगै, विद्युत् र ग्यास सेवामा देखिएको मुद्रास्फीति कमी नै यो समग्र घटावटको मुख्य कारण हो ।

महिनाकाे आधारमा हेर्दा, उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा ०.१ प्रतिशतको गिरावट आएको देखिएको छ । यो सूचकांकमा आवास तथा निजी सवारीसाधनसम्बन्धी खर्चहरू समावेश नगरिने भएकाले यो आँकडालाई आन्तरिक मागबाट उत्पन्न मुद्रास्फीतिको मुख्य संकेतकका रूपमा हेरिन्छ ।

यसैगरी, शीर्षक मुद्रास्फीति दर (हेडलाइन इन्फ्लेशन) पनि जुलाईमा ०.६ प्रतिशतमा घटेको छ, जुन अघिल्लो महिनामा ०.८ प्रतिशत थियो । आवाससम्बन्धी मुद्रास्फीतिमा आएको कमीले पनि यसमा सकारात्मक असर गरेको बताइएको छ ।

संबन्धित निकायहरूले मूल्य स्थायित्व कायम गर्न आवश्यक रणनीति अपनाउने प्रतिबद्धता जनाउँदै, आगामी दिनहरूमा मूल्यस्तरमा स्थिरता आउने अपेक्षा व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्