२४ जेठ २०८३, आइतबार

युद्धमैदानमा दुश्मनसँग चलाइने चालजस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो : प्रचण्ड

भदौ ११, २०८२
काठमाडौं
युद्धमैदानमा दुश्मनसँग चलाइने चालजस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको बताएका छन् ।  अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्व रहेको बताएका हुन् । 

रणमैदानमा दुश्मनसँग चलाइने चालजस्तै चेसमा पनि रणनीतिक चाल चल्ने गरिएको उनको भनाइ छ । '१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो । यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठूलो योगदान दिएको थियो,' उनले भने 'रणमैदानमा दुश्मनसँग चलाइने चालजस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो ।'

प्रचण्डले भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गरे । अध्यक्ष प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्