२३ असार २०८३, मंगलबार

रवि लामिछानेको निवेदन न्यायाधीश विष्टको इजलासमा, आजै आदेश आउने

भदौ ११, २०८२
बुटवल
रवि लामिछानेको निवेदन न्यायाधीश विष्टको इजलासमा, आजै आदेश आउने

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा दिएको निवेदनमा सुनुवाइ चलिरहेको छ ।

उच्च अदालत बुटवलका न्यायाधीश सागर विष्टको एकल इजलासमा ४ नम्बरमा आज सुनुवाइ भइरहेको हो ।

सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन गराएका थिए ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बुधबार साँझसम्म आदेश आउने लोकान्तरलाई बताए ।

यसअघि रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दामा रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्