०१ असार २०८३, सोमबार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

भदौ ११, २०८२
काठमाडौं
सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

झापा, दोलखा र नवलपरासी पूर्वमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

झापाको कन्काई नगरपालिका-८ बिरिङ पुल नजिक मे.१ च ५४४६ नम्बरको पिकअप र मे.१ च ३४४० नम्बरको भ्यान मंगलबार राति एकआपसमा ठोक्किँदा भ्यान चालक शिवसताक्षी नगरपालिका-७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, दुर्घटनामा घाइते भ्यानमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी, दोलखाको भिमेश्‍वर नगरपालिका-६ रमितेडाँडामा बा.९३ प ८८९९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बा.९३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका-३ मिर्गे बस्ने २६ वर्षीय सुजन भन्ने श्यामबहादुर खत्री र बा.प्र.०२-०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक भिमेश्‍वर नगरपालिका-५ माटी बस्ने २४ वर्षीय सिरिष बस्नेत रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको च्छो रोल्पा अस्पताल चरिकोटमा उपचारका क्रममा मृत्यु भएको हो । बा.९३ प ८८९९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  

यस्तै, नवलपरासी पूर्वको देवचुली नगरपालिका-६ टोक्रे खोला पुलस्थित सडकमा लु.१ स ९०९४ नम्बरको अटो मंगलबार साँझ दुर्घटना हुँदा अटोमा सवार भारत मोतिहारी बस्ने ३५ वर्षीया रिजुवाना खातुनको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्