१० साउन २०८३, आइतबार

धुम्बाराहीमा मुक्तिनाथ विकास बैंकको शाखा सञ्चालनमा

भदौ ११, २०८२
काठमाडौं
धुम्बाराहीमा मुक्तिनाथ विकास बैंकको शाखा सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ४, धुम्बाराही (चिलिमे टावरमा रहेको)स्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले उक्त शाखाको बुधबार शुभारम्भ गरेका हुन् ।

वित्तीय सेवाहरूको विविधीकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको, मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई स्थानान्तरण गरी औपचारिक रूपमा वित्तीय सेवाको शुभारम्भ गरेको हो ।

शाखा कार्यालय उद्‌घाटन गर्दै कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गरे । जोखिम व्यवस्थापनमा चनाखो हुन उनले सुझाव दिए । 

null

बैंकका सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि बैंक तथा नियामक निकायले अख्तियार गर्नु पर्ने रणनीतिहरूको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

समापन तथा धन्यवाद मन्तव्य राख्दै बैंक सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले​ बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता जनाए । नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरूले उत्कृष्ट सेवाको महसुस गर्ने उनको विश्वास छ ।

null

salt training

कमेन्ट गर्नुहोस्