
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
आजै सभापतिमा निर्विरोध चयन भएकी उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकले उनलाई निर्विरोध चयन भएको घोषणा गरेको थियो ।
तत्कालीन संविधानसभामा सदस्य न्यौपानेले पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छिन् । कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।