०६ साउन २०८३, बुधबार

किसान र मजदुरको समस्या समाधान गर्न सरकार असफल : सांसद मोदी

भदौ १३, २०८२
काठमाडौं
किसान र मजदुरको समस्या समाधान गर्न सरकार असफल : सांसद मोदी

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकार किसान र मजदुरको समस्यामा असफल भएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै उनले मजदुर र किसानबारे विशेष ध्यानाकर्षण गराउँदै सरकार असफल भएको बताएका हुन् ।

विशेषगरी उखु किसानको मुद्दा पटक-पटक उठिरहे पनि समाधान नभएको मोदीले बताए । ‘सरकारमा ठूला पार्टी कांग्रेस र एमाले हुँदा किसानले अझ सहज महसुस गर्नुपर्ने हो, तर दुईतिहाइको दम्भ मात्र देखिएको छ,’ उनले भने ।

उनले मधेशमा किसान र मल संकटबारे आफूहरूले अनुगमन र अन्तरक्रिया गरेको स्मरण गराउँदै, विभिन्न तहका कर्मचारीसँग छलफल गर्दा पनि समस्या यथावत् रहेको बताए । ‘हामीले नजिकैको अवस्थाबारे प्रत्यक्ष छलफल गर्‍यौं, तर किसानले पाएको सुविधा र राहत न्यूनतम छ,’ मोदीले टिप्पणी गरे ।

सांसद मोदीले अहिलेको सरकारले किसानको समस्या समाधान गर्न नसकेको दाबी गर्दै तत्काल ठोस कदम चाल्न आग्रह गरे । उनले मजदुर र किसानलाई उपेक्षा गर्ने परम्परा अन्त्य नभएसम्म मुलुकको उत्पादनशक्ति र ग्रामीण अर्थतन्त्र अघि बढ्न नसक्ने चेतावनी पनि दिए ।

उनले संसदमा भने, ‘जनताको जीवनसँग जोडिएका मुद्दामा संवेदनशील हुन सरकार असफल देखिएको छ । किसान र मजदुरका सवालमा निष्क्रियता देखाएर मात्र मुलुकको भविष्य सुरक्षित हुन सक्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्