२९ असार २०८३, सोमबार

प्रधानमन्त्री र गृहमन्त्रीसँग लोसपा नेताको भेट, वीरगन्जको हैजा नियन्त्रणका लागि पहल गर्न आग्रह

भदौ १३, २०८२
काठमाडौं
प्रधानमन्त्री र गृहमन्त्रीसँग लोसपा नेताको भेट, वीरगन्जको हैजा नियन्त्रणका लागि पहल गर्न आग्रह

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै भेट गरेका छन् । भेटमा उनीहरूले मधेश आन्दोलनमा मुछिएका पार्टीका नेतामाथि लगाइएका झुट्टा मुद्दा फिर्ता लिन माग गरेका छन् ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मधेश प्रदेशमा भइरहेको खानेपानीको समस्या, नुहाउने पानीको समस्या र वीरगन्ज महानगरपालिकामा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि आग्रह गरेका हुन् ।

हैजाको महामारी अविलम्ब समाधानका लागि पहल गर्न र थप महामारी हुन नदिन प्याकेजमा व्यवस्था गर्न उनले आग्रह गरेका छन् ।

यसैगरी, अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनार, उपाध्यक्ष एवं मधेश प्रदेश शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीसहितको टोलीले शुक्रबार नै गृहमन्त्री रमेश लेखकलाई भेटेर मधेश आन्दोलनमा मुछिएका पार्टीका नेतामाथि लगाइएका झुट्टा मुद्दा फिर्ता लिन आग्रह गरेको हो ।

मधेश आन्दोलनमा मुछिएका अभिराम शर्मालगायत पार्टीका अन्य नेताहरूमाथि लगाइएका झुट्टा मुद्दा खारेज गर्नुपर्ने उनीहरूको माग छ ।​

साथै उक्त मुद्दाको समाधानका लागि छिटोभन्दा छिटो पहल गर्न पनि उनीहरूले गृहमन्त्री लेखकसँग आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्