०६ असार २०८३, शनिबार

अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गरौँ : उपसभापति गुरुङ

भदौ १३, २०८२
काठमाडौं
अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गरौँ : उपसभापति गुरुङ

नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले अर्थ बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताएका छन् । 

प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रवार काठमाडौँको अनुपम फुडल्याण्डमा आयोजित "स्वास्थ्य सेवा,पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागी एकीकृत कदम" बिचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिकित्सकहरूको सेवा सुविधा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । 

"सेवा सुविधा थप गर्ने भन्ने बित्तिकै अर्थतन्त्र सँग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र छन् त्यतातिर लागौँ र उहाँहरूको सेवा सुविधा बढाउन तिर लागौँ " उनको भनाइ थियो ।

घरेलु मदिरा लगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा ६ खर्ब थप गर्न सकिने भन्दै उनले आफू कानुन मन्त्री हुँदा पटक पटक कानुन बनाउन प्रयास गरे पनि सफल हुन नसकेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्