२१ असार २०८३, आइतबार

प्रधानमन्त्रीलाई बालेनको आग्रह- लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

भदौ १४, २०८२
काठमाडौं
प्रधानमन्त्रीलाई बालेनको आग्रह- लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चीन प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको विषय सम्झाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै त्यो भूमि हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका हुन् । 

'चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट, हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ,' उनले लेखेका छन् । 

प्रधानमन्त्री ओली चीन आजै बिहान चीन प्रस्थान गरेका थिए । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बुधबारसम्म चीनमा रहेछन् । 

यसअघि गत भदौ ३ गते चीन र भारतले लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेकसहित तीन व्यापारिक नाका खोल्ने दुई देशबीच सहमति भएको थियो । जसको अहिले नेपालमा व्यापक विरोध भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्