०४ असार २०८३, बिहीबार

टोट्टनहामले ६ करोड युरोमा भित्र्यायो डच मिडफिल्डर सिमोन्सलाई

भदौ १४, २०८२
काठमाडौं
टोट्टनहामले ६ करोड युरोमा भित्र्यायो डच मिडफिल्डर सिमोन्सलाई

इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामले नेदरल्यान्ड्सका आक्रामक मिडफिल्डर जाभी सिमोन्सलाई भित्र्याएको छ ।

२२ वर्षीय मिडफिल्डर सिमोन्स जर्मन क्लब आरबी लिपजिगबाट टोट्टनहाममा आबद्ध भएका हुन् ।

टोट्टनहामले उनलाई ६ करोड युरोमा क्लबमा आबद्ध गरेको समाचारमा जनाइएको छ । सिमोन्समाथि थुप्रै युरोपेली क्लबले आँखा लगाएका थिए ।

अन्तत: उनले टोट्टनहाममा आबद्ध हुने निर्णय लिए । उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्वखेलाडी पनि हुन् ।

आरबी लिपजिगका लागि उनले ७८ खेल खेल्दै २२ गोल गरेका थिए । उनले २४ गोलका लागि आफ्ना साथीहरुलाई पास पनि उपलब्ध गराएका थिए । उनी नेदरल्यान्ड्सको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पनि हुन् ।

उनले नेदरल्यान्ड्सका लागि २८ खेल खेल्दै पाँच गोल गरेका छन् । उनले सन् २०२२ मा आयोजित कतार विश्वकपमार्फत राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । ‘टोट्टनहाममा आबद्ध हुन पाउँदा म निकै उत्साही छु,’ उनले भनेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्