१३ असार २०८३, शनिबार

पहिरोको जोखिममा बाजुराको तलगाउँ

भदौ १४, २०८२
बाजुरा
पहिरोको जोखिममा बाजुराको तलगाउँ
फाइल फोटो

बाजुरामा अविरल वर्षाका कारण पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको छ ।

पहिरोका कारण बडीमालिका नगरपालिका–७ जिल्लीको तलगाउँ उच्च जोखिममा रहेको वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।

यही भदौ ६ गते आएको वर्षाका कारण तलगाउँको तलपट्टीबाट पहिरो गएपछि गाउँका २० घर उच्च जोखिममा परेको उनको भनाइ छ । 'पहिरोका कारण २० घरमध्ये आठ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ,' उनले भने ।

शुक्रबार वडाध्यक्ष पाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीले २० परिवार जोखिममा रहेको र आठ परिवार स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको अनुगमन टोली सदस्य तथा वडा सदस्य पार्वती जोशीले बताएका छन् । 

जिल्ला विपद् व्यवस्थापन समिति बाजुराका अनुसार जिल्लामा ५३ बढी बस्ती पहिरोको उच्च जोखिममा छन् ।

salt training

कमेन्ट गर्नुहोस्