२७ असार २०८३, शनिबार

वात्सल्य नेचुरल आईभीएफको ९ औं वार्षिकोत्सव : जन्मदिन उत्सवदेखि कुटुम्ब ब्यान्डको सांगीतिक प्रस्तुतिसम्म

भदौ १४, २०८२
काठमाडौं
वात्सल्य नेचुरल आईभीएफको ९ औं वार्षिकोत्सव : जन्मदिन उत्सवदेखि कुटुम्ब ब्यान्डको सांगीतिक प्रस्तुतिसम्म

वात्सल्य नेचुरल आईभीएफले आफ्नो ९ औं वार्षिकोत्सव 'वात्सल्य फ्यामिली डे' मनाएको छ । काठमाडौंको हेरिटेज गार्डेनमा भएको कार्यक्रममा २०० बढी वात्सल्य परिवार, कलाकार तथा चिकित्सकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वात्सल्य नेचुरल आईभीएफका संस्थापक प्रशान्त सुवेदीले संस्थाको ९ वर्षको यात्रा र उपलब्धिका बारेमा आफ्नो भनाइ राख्दै यस अवधिमा सयौं परिवारहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए ।

null

उनले हजारौं परिवारको आशाको हिस्सा बन्न पाएकोमा खुशी समेत व्यक्त गरे । आगामी दिनमा अझ धेरै परिवारलाई नजिक ल्याउने, सामाजिक सन्देश प्रवाह गर्ने तथा आर्टिफिसियल रिप्रोडक्टिभ टेक्नोलोजीबारे जनचेतना फैलाउने उनको भनाइ छ ।

उनले भने, 'हामीलाई ९ वर्षको यात्रामा सहयोग गर्ने र विश्वास गरेर आफ्नो परिवारको हिस्सा बनाउने सबै परिवारलाई विशेष धन्यवाद । हामी अझै धेरै सुविधाका साथ यहाँहरू माझ आउने छौं । हामीलाई तपाईंहरूको साथले एकदमै हौसला मिलेको छ ।'

null

कार्यक्रममा आईभीएफ प्रविधिमार्फत जन्म लिएका वात्सल्य सापकोटाको समेत उपस्थिति रहेको थियो । उनको नाम संस्थाको नामबाट राखिएको छ ।

उनका अभिभावकले वात्सल्यले दिएको खुशी भएको कारण सन्तानको नाम वात्सल्य राखेको बताए । अहिले वात्सल्य सापकोटा परिवारहरूको आशा र नयाँ जीवनको प्रतीक बन्न पुगेका छन् ।

कार्यक्रममा आईभीएफ प्रविधिमार्फत जन्म लिएका मयुरेश उप्रेती र योक्शिता शोको जन्मदिन समेत मनाइएको थियो ।

यस्तै, नेपालको चर्चित कुटुम्ब ब्यान्डले सांगीतिक प्रस्तुति समेत दिएको थियो ।

वात्सल्य नेचुरल आईभीएफ नेपालमा र प्रजनन उपचारको क्षेत्रमा अग्रणी क्लिनिक हो ।

जसले विगत ९ वर्षदेखि उच्च सफलता दर र अत्याधुनिक सेवासँगै परिवारहरूलाई सन्तान सुखको महसुस गराउँदै आइरहेको छ । ९ औं वार्षिकोत्सवको अवसरमा वात्सल्य क्लिनिकले विशेष अफर समेत सार्वजनिक गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्