२७ असार २०८३, शनिबार

बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन प्रचण्डको आग्रह

भदौ १४, २०८२
काठमाडौं
बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ताहरूको खोजीसहित आवश्यक अन्य कार्य प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन् । 

‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस’ का सन्दर्भमा आज उनले बेपत्ताहरूप्रति सम्मान व्यक्त गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई तत्काल खोजी गरी उहाँहरूको अवस्था सार्वजनिक गर्न आग्रह गरेका हुन् । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बेपत्ता भएकाहरूको कीर्तिमानी योगदानको स्मरण गर्दै अध्यक्ष दाहालले बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत प्रदान गर्न सरकारसँग माग गरे । उनले भने, “यस अवसरमा विस्तृत शान्ति सम्झौताको दफा ५ को २ को (५) बमोजिम, नेपालको अन्तरिम संविधान–२०६३ को धारा ३३ र संविधानको धारा ३०४ (२) को व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।”

salt training

कमेन्ट गर्नुहोस्