१६ असार २०८३, मंगलबार

माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउँदै

भदौ १५, २०८२
बुटवल
माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार (आज) बुटवल आउँदैछन् ।

दाहालले बुटवलस्थित सहिद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व. राम प्रसाद बञ्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा प्रचण्डले ‘टङ्कमणिः एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गर्ने माओवादी केन्द्र रुपन्देही जनाएको छ । 

माओवादीले शुरू गरेको सशस्त्र विद्रोहको शुरूआतदेखि नै भूमिगत रहेर काम गरेका बञ्जाडेले २०७८ साल मंसिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए । 

यस्तै, आइतबार नै प्रचण्ड  माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी बैठकमा सहभागी हुने कार्यतालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्