०५ साउन २०८३, मंगलबार

पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान शुरू

भदौ १५, २०८२
काठमाडौं
पायोनियर मोटोकर्पद्वारा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान शुरू

नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । यो अभियान जिकर एक्सका लागि लागू हुने छ ।

दशैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको हो । यो चाडपर्व अफर अन्तर्गत अब ग्राहकहरूले ८४.९९ लाख मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९.९९ लाखमा खरिद गर्न सक्नेछन् । 

यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेका थप सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस (ADAS) प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन् ।  यो गाडीले Euro NCAP, China NCAP र Global NCAP मा ५-स्टार सेफ्टी रेटिङ पाएको छ ।

यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुनेछ । यी सुविधामा सर्त तथा नियम लागू हुने कम्पनीले जनाएको छ । पायोनियर मोटोकर्पले सबै ग्राहकलाई नजिकैको जिकर सोरूम भ्रमण गरी यस अफरको लाभ लिन आग्रह गरेको छ ।

पायोनियर मोटोकर्प प्रालि नेपालका लागि जिकरको आधिकारिक वितरक हो । कम्पनीले नेपालमा जिकर गाडीका बिक्री, सेवा, स्पेयर पार्ट्स तथा अन्य सुविधा उपलब्ध गराउँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्