
जल तथा मौसम विज्ञान विभागले कास्की जिल्लाको लुम्ले वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको भन्दै पहिरो र आकस्मिक बहाबको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार आइतबार साँझ ७:३० बजेसम्म पछिल्लो तीन घण्टामा सो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ। अझै थप वर्षा हुने सम्भावना रहेकोले स–साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने चेतावनी दिइएको छ।
त्यस्तै, कमजोर र भिरालो जमिन भएका क्षेत्रमा पहिरो खस्ने सम्भावना रहेकाले स्थानीय बासिन्दा र यात्रुहरुलाई आवश्यक सतर्कता अपनाउन विभागले अपील गरेको छ।