१९ असार २०८३, शुक्रबार

बीपी राजमार्गमा थप १५ दिन राति १२ घण्टा सवारी चलाउन नपाइने

काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र आउनेलाई नेपालथोकमै रोकिने
भदौ १६, २०८२
काठमाडौं
बीपी राजमार्गमा थप १५ दिन राति १२ घण्टा सवारी चलाउन नपाइने

बीपी राजमार्गमा आजदेखि थप १५ दिन राति सवारीसाधन गुडाउन रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएकामा भदौ मसान्तसम्म राति १२ घण्टा रोक लगाइएको हो । 

जिल्ला सुरक्षा समितिको आइतबार सम्पन्न बैठकले राजमार्गमा प्रत्येक दिन साँझ ५ बनेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । 

कार्यालयले राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाउने निर्णय गरेको हो । 

काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । यस्तै, काठमाडौंबाट जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । 

गत साल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । 

बाढीपहिरोले राजमार्गको कुल १६० किलो मिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्