२१ असार २०८३, आइतबार

सांसदहरूको तलब वृद्धिको विरोधमा इन्डोनेसियामा हिंसात्मक प्रदर्शन, संसद् भवन जलाइयो

भदौ १६, २०८२
काठमाडौं
सांसदहरूको तलब वृद्धिको विरोधमा इन्डोनेसियामा हिंसात्मक प्रदर्शन, संसद् भवन जलाइयो

सांसदहरूको तलब वृद्धिको विरोधमा इन्डोनेसियाको राजधानी जकार्तासहित देशका धेरै भागहरूमा हिंसात्मक प्रदर्शनहरू भएका छन् । सरकारी अधिकारीहरू र उनीहरूले पाउने सुविधाविरुद्ध मानिसहरूले आफ्नो विरोध प्रदर्शन तीव्र पारेका हुन् । 

प्रदर्शनकारीहरूले शुक्रबार राति मकासार शहरको क्षेत्रीय संसद्‌मा आगजनीसमेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

हिंसात्मक विरोधलाई ध्यानमा राख्दै, इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले शनिबारको चीन भ्रमण रद्द गरेका थिए । उनी दोस्रो विश्वयुद्धको अन्त्यको ८० औं वार्षिकोत्सवमा आयोजना हुने सेप्टेम्बर ३ मा चीनमा हुने विजय दिवस समारोहमा भाग लिने कार्यक्रम थियो ।

हिंसात्मक विरोध प्रदर्शनहरूमा हालसम्म ३ जनाको मृत्यु भएको छ र ५ जना घाइते भएका छन् । विरोध प्रदर्शनहरूमा २०० भन्दा बढी मानिसहरू घाइते भएका छन् । राष्ट्रपति प्रबोवो सुबियान्तोले जनतालाई शान्ति कायम राख्न अपील गरेका छन् । 

इन्डोनेसियामा मुद्रास्फीति र बेरोजगारी बढ्दै गइरहेको छ, जसले गर्दा आम जनताको जीवन कठिन बन्दै गइरहेको छ ।

सांसदहरूको लागि मासिक ३ हजार ५७ डलर भत्ता तोकिएको थियो । यो जकार्ताको न्यूनतम ज्यालाभन्दा १० गुणा बढी हो । यसले जनतालाई आक्रोशित बनाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्