०१ साउन २०८३, शुक्रबार

तातो पानीले नुहाउँदाका बेफाइदा यस्ता छन्

मंसिर २७, २०७४
तातो पानीले नुहाउँदाका बेफाइदा यस्ता छन्

काठमाडौं, २७ मंसिर — जाडोमा धेरैजनाले तातो पानीले नुहाउँछन् । तर पानी ३२ डिग्री सेल्सियसभन्दा बढी भयो भने छाला र कपाललाई हानि पुग्छ । छालारोग विशेषज्ञ अपूर्व जैनले धेर तातो पानीले नुहाउँदाका बेफाइदाका बारेमा चर्चा गरेका छन् । 

तातो पानीले नुहाउँदा छालामा रातोपना, –याशेज र एलर्जीको समस्या हुन्छ । तातो पानीले छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ । 

यसले कपालमा खराब असर पार्छ । कपालको मोइस्चर कम हुन्छ र कपाल रफ तथा ड्राई हुन्छ । 

तातो पानीका कारण छालाको सुक्खापन बढ्छ र चिलाउने समस्या आउँछ । 

तातो पानीले नुहाउँदा आँखा सुक्खा हुन्छ । आँखा रातो हुने, चिलाउने र पानीबाट आँसु बग्ने समस्या आउँछ । 

तातो पानीले तालुलाई सुक्खा बनाउँछ । यसले चायाँ ल्याउन सक्छ ।

तातो पानीले हात र गोडाका नङमा खराब असर पार्छ । नङ भाँचिने, संक्रमण हुने र नङवरिपरिको छाला फाट्ने समस्या आउँछ ।

तातो पानीले छालाको कोषिका क्षतिग्रस्त बनाउँछ । समयअगावै चाउरी पर्न थाल्छ ।

तातो पानीका कारण रौं झर्ने र टुक्रिने समस्या आउँछ ।

तातो पानीले छालाको चमक गायब बनाइदिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्