०८ साउन २०८३, शुक्रबार

प्रियंकारानी जोशी बनिन् एमजी एसफाइभ इभीको ब्रान्ड एम्बेस्डर

भदौ १६, २०८२
काठमाडौं
प्रियंकारानी जोशी बनिन् एमजी एसफाइभ इभीको ब्रान्ड एम्बेस्डर

​​नेपालका लागि एमजी (मोरिस गराजेज)को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले मिस नेपाल वर्ल्ड २०२२ र चर्चित मोडल प्रियंकारानी जोशीलाई स्टाइलिस र डायनामिक एमजी एसफाइभ इभीको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।​

प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा उक्त सम्झौतामा हस्ताक्षर समारोह भएको हो । यो साझेदारी दुई वर्षका लागि हुनेछ।

साझेदारीको घोषणा गर्दै, प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, 'प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्नुहुन्छ। यी गुणहरू एमजी एस–फाइभ इभी र एमजी ब्रान्डसँग पूर्णरूपमा मेल खान्छन् । हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं।'

यस्तै, एमजी यात्रामा प्रियंकारानी जोशीले भनिन्, 'एमजीसँग विशेषतः एमजी एसफाइभ इभीसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु। एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु।'​

साझेदारीले नेपालका युवा र सवारीप्रेमी दर्शकहरूसँग एमजीको सम्बन्ध अझ बलियो बनाउने  कम्पनीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्