०६ साउन २०८३, बुधबार

प्रस्तावित उम्मेदवारबारे विवाद भएपछि रास्वपाको पत्रकार सम्मेलन स्थगित

भदौ १६, २०८२
काठमाडौं
प्रस्तावित उम्मेदवारबारे विवाद भएपछि रास्वपाको पत्रकार सम्मेलन स्थगित
रास्वपा नेताहरू पार्टी कार्यालयमा । फाइल तस्वीर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि तय गरेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको छ ।

रूपन्देही क्षेत्र नम्बर ३ का लागि उम्मेदवार तोकिएका डा. लेखजंग थापाबारे विवाद भएपछि पत्रकार सम्मेलन स्थगित भएको स्रोतले बतायो ।

रास्वपाले १० प्रतिस्पर्धीबाट डा. थापालाई उम्मेदवार बनाउने निर्णय आइतबारको सचिवालय बैठकबाट गरेको थियो । तर, थापाले बहुविवाह गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

उम्मेदवारको परिचयका लागि रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो २ बजेका लागि पत्रकार सम्मेलन तय गरिएको थियो । तर, अन्तिम समयमा पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराइएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ का कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । 

 

salt training

कमेन्ट गर्नुहोस्