०७ साउन २०८३, बिहीबार

लिपुलेक-कालापानी हाम्रै हो,  प्रधानमन्त्रीले चीनमा जनाएको आपत्ति जायज- गृहमन्त्री लेखक

भदौ १६, २०८२
विरगञ्ज
लिपुलेक-कालापानी हाम्रै हो,  प्रधानमन्त्रीले चीनमा जनाएको आपत्ति जायज- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालकै रहेको बताएका छन् । 

प्रेस युनियन पर्साद्वारा वीरगञ्जमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

‘हामीले हाम्रो भूमिलाई हाम्रो हो भनेर भन्दा कुनै देशसँग हाम्रो सम्बन्ध बिग्रनुपर्ने कारण छैन’, गृहमन्त्री लेखकले भने, ‘मित्र राष्ट्र भारतले पनि चित्त दुखाउनुपर्ने कुरा छैन, किनभने त्यो भूमि हाम्रो हो । यसमा हामीहरू प्रष्ट छौं ।’

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिपुलेख-कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको उनको भनाइ छ । 

गृहमन्त्री लेखकले भने, ‘त्यो कुरामा हामी प्रष्ट भन्न चाहन्छौं । हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले चित्त दुखाउनुपर्ने कारण पनि छैन ।’ 

गृहमन्त्री लेखकले यसका साथै मुलुकमा हुने अवैध कारोबारलाई सबैले मिलेर रोक्नुपर्ने जरुरी रहेको पनि बताए । 

उनका अनुसार यसमा प्रहरी प्रशासन र भन्सारले राम्रोसँग काम गर्न जरुरी छ ।  ‘यसरी सबै मिलेर काम गर्‍यो भने अवैध व्यापार, पैठारी, निकासी नियन्त्रण गर्न सकिन्छ, त्यसकारण सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने । 

संविधान संशोधनका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा गृहमन्त्री लेखकले संविधान संशोधन हुनेमा नेपाली कांग्रेस र एमाले ‘क्लियर’ रहेको बताए । 

‘नेपाली कांग्रेस र एमालेले गरेर मात्र हुँदैन, राष्ट्रिय सहमतिको वातावरण गरेर सहमतिका साथ संविधान संशोधन हुनेछ’, उनले भने । यसका लागि आ–आफ्नो पार्टीमा कमिटी गठन गरेर अगाडि बढ्ने छलफल भइसकेको उनको भनाइ छ । 

वीरगञ्जको हैजाको सवालमा गृहमन्त्री लेखकले सरकारले गर्ने सबै आवश्यक सहयोग गर्न तयार रहेको बताए  । औषधि, थप जनशक्तिसहित आवश्यक अन्य सहयोग गर्न पनि सरकार तयार रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्