
बैतडीमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
गृह मन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको हो । उनले भने, ‘अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुन्छ । त्यसैले विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हौं ।’
यो नियम आज सोमबार रातिदेखि लागू हुनेछ ।