१३ असार २०८३, शनिबार

रुपन्देहीमा मंगलबार शोक बिदा

भदौ १६, २०८२
बुटवल
रुपन्देहीमा मंगलबार शोक बिदा

रुपन्देहीमा मंगलबार शोक बिदा हुने भएको छ । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलवानको निधनको शोकमा जिल्ला समन्वय समितिले शोक बिदा दिने निर्णय गरेको हो । 

जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीद्वारा जारी सूचनामा जिल्लाका सबै स्थानीय तह, विद्यालय र गैरसरकारी संस्थाका कार्यालयमा शोक बिदा दिने उल्लेख छ ।

सबै स्थानीय तहका कार्यालय र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । नगर प्रमुख मुसलवानको शनिबार हृदयघात भइ निधन भएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्