१६ असार २०८३, मंगलबार

विशिष्ट चलचित्रकर्मीलाई १ लाख ५० हजार रुपैयाँसम्म बीमा  सुविधा

भदौ १६, २०८२
काठमाडौं
विशिष्ट चलचित्रकर्मीलाई १ लाख ५० हजार रुपैयाँसम्म बीमा  सुविधा

 सरकारले चलचित्रकर्मीहरूका लागि स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्डमार्फत सञ्चालित सो योजनाबाट चलचित्र क्षेत्रमा संलग्न कलाकार, स्रष्टा तथा प्राविधिक प्रत्यक्ष लाभान्वित हुने छन् । 

कार्यक्रमअनुसार, विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीलाई वार्षिक १ लाख ५० हजार रुपैयाँसम्म र चलचित्रकर्मी श्रेणीको परिचयपत्र प्राप्तलाई वार्षिक ७५ हजार रुपैयाँसम्म औषधोपचार खर्चको सुविधा उपलब्ध गराइनेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रकर्मीहरूको योगदानलाई उच्च सम्मान गर्दै स्वास्थ्य बीमा कार्यक्रमले उनीहरूको उपचार खर्चमा ठूलो राहत पुर्‍याउने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्