
पश्चिमी सुडानको मारा पर्वत क्षेत्रमा रहेको एउटा गाउँ बाढीपहिरोले ध्वस्त भएको छ ।
पहिरोमा कम्तिमा एक हजार जनाको मृत्यु भएको र एक जना मात्र बाँचेको सुडान मुक्ति आन्दोलन/सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
अब्देलवाहिद मोहम्मद नूरको नेतृत्वमा रहेको समूहले जारी गरेको विज्ञप्ति अनुसार धेरै दिनको भारी वर्षापछि अगस्ट ३१ मा पहिरो गएको थियो।
डार्फर क्षेत्रमा अवस्थित क्षेत्र नियन्त्रण गर्ने आन्दोलनले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूलाई पुरुष, महिला र बालबालिकालगायत पीडितहरूको शव निकाल्न मद्दत गर्न अपील गरेको छ।
दुई वर्षे गृहयुद्धले सुडानका आधाभन्दा बढी जनसंख्या भोकमरीको संकटको सामना गरिरहेको छ । लाखौंलाई आफ्नो घरबाट विस्थापित गरेको छ।