०५ असार २०८३, शुक्रबार

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर ४ चार रेक्टर स्केलको भूकम्प

भदौ १७, २०८२
काठमाडौं
गोरखाको हंशपुर केन्द्रबिन्दु भएर ४ चार रेक्टर स्केलको भूकम्प

गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । 

नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्