१३ असार २०८३, शनिबार

दार्चुला अटो दुर्घटना अपडेट : २ जनाको शव भेटियो, एक अझै बेपत्ता

भदौ १७, २०८२
काठमाडौं
दार्चुला अटो दुर्घटना अपडेट : २ जनाको शव भेटियो, एक अझै बेपत्ता

दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगरमा अटो दुर्घटनामा परी बेपत्ता भएकामध्ये २ जनाको शव फेला परेको छ ।

भाद्र १६ गते दिउँसो होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई करिब ५० फिट तल नौगाड खोलामा खसेको थियो ।

अटोमा पाँच जना सवार थिए । तीमध्ये १२ वर्षीया आरुषा धामी र १७ वर्षीया भागा धामीको शव सशस्त्र प्रहरी, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानीयले खोजीकार्यका क्रममा विभिन्न स्थानबाट फेला पारेका हुन् ।

अझै ४७ वर्षीया चाखुरी देवी धामी बेपत्ता छन् भने उनको खोजी कार्य जारी छ।

दुर्घटनामा घाइते भएका १६ वर्षीय आयुष भुललाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र जलविद्युतका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा खोजीकार्य थालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्