१६ असार २०८३, मंगलबार

चेम्बर कमर्सका पदाधिकारीले भेटे ओलीलाई

मंसिर २७, २०७४
चेम्बर कमर्सका पदाधिकारीले भेटे ओलीलाई

काठमाडौं, २७ मंसिर — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको पदाधिकारी एवं कार्यसमितिको टोलीले नेकपा (एमाले) का अध्यक्ष, पूर्व प्रधानमन्त्री एवं संयुक्त वाम गठबन्धनका नेतृत्वकर्ता केपी शर्मा ओलीसँंग भेटघाट गरी बधाई ज्ञापन गरेको छ । 

ओलीनिवास बालकोटमा बुधवार भएको भेटघाटमा सहभागी पदाधिकारी एवं कार्यसमिति सदस्यहरूले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा संयुक्त वाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर आर्थिक विकास हुने विश्वास लिए । 

उक्त भेटघाटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थिर सरकार गठनसँंगै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । मुलुकको आर्थिक समृृद्धिका लागि स्थायी सरकारको महत्त्वमाथि चर्चा गर्दै उनंले अब बन्ने स्थायी सरकारले मुलुकको आर्थिक वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

देश संघीय संरचनामा गएसँंगै राज्य सञ्चालनका लागि धेरै खर्च आवश्यक पर्ने भन्दै त्यसका लागि आवश्यक सबै श्रोत उद्योगी व्यवसायीहरूसँंगको करमा मात्रै भर पर्न नहुने उनंले बताए । 

उनंले यसका लागि अन्य आम्दानीको स्रोत पनि खोज्नुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले छिमेकी मुलुक भारत र चीन दुवै देशलाई समदूरीमा राखेर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिए । 

भेटघाटमा एमाले अध्यक्ष ओलीले अबको एजेन्डा नै आर्थिक हुने बताए । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउँंदै लैजाने विश्वास उनले दिलाए । 
साथै उनंले करको अन्तिम भार जनतामा नै पर्ने भएकाले जनतालाई अधिक कर नबोकाउने विश्वास दिलाए । 
 

salt training

कमेन्ट गर्नुहोस्