०२ असार २०८३, मंगलबार

वतानिया एयरवेजद्वारा काठमाडौंदेखि कुवेतका लागि सिधा हवाईसेवा सुरु

मंसिर २७, २०७४
वतानिया एयरवेजद्वारा  काठमाडौंदेखि कुवेतका लागि सिधा हवाईसेवा सुरु

काठमाडौं, २७ मंसिर- कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेज्ले डिसेम्बर १३ देखि त्रिभूवनअन्तरराष्ट्रिय विमान स्थलमाआफ्नो सेवा सञ्चालनमाल्याउने भएको छ ।

सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेतदेखि नेपालसम्मसिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ । यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्या रहित सुलभ सेवा किफायती मुल्यमा उपलब्ध गराउने रहेको छ ।

एयरलाइनले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य रु. २३००० निर्धारण गरेको छ ।  तीन ए–३२० विमान सहितको वतानिया एयरवेज्ले विश्वभरका ११ गन्तव्य सम्मकालागि उडान सेवाउपलब्धगरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्