
काठमाडौं २७ मंसिर- विश्वको ७ भन्दा बढि देशहरुमा उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमि ब्राण्डका मोबाइल फोन नेपाली बजारमा पनि आएको छ । शंकर गु्रप अन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमिटेडले आइभुमि मोबाइल नेपाली बजारमा ल्याएको हो ।
“हाइ भ्यालु प्रडक्ट” मूख्य बिशेषता बताउने आइभुमीमा आइभुमी मोबाइल, आइ भी ५०५, आइ भी स्मार्ट फोर जी, मि १, मि २, मि ४ र मि ५ सहितका ६ मोडलका स्मार्ट फोन लिएर नेपाली बजारमा प्रवेश गरेको छ ।
आईमुभीका स्मार्ट फोनहरु ५ हजार ९ सय ९९ रुपैयाँ देखिका प्रतिस्पर्धात्मक मुल्यबाट शुरु हुने समुहले जनाएको छ ।