०२ असार २०८३, मंगलबार

१५ दिनभित्र भ्याट तिर्न राजस्व विभागको निर्देशन

मंसिर २८, २०७४
१५ दिनभित्र भ्याट तिर्न राजस्व विभागको निर्देशन


काठमाडौं, २८ मंसिर– सरकारले धितोपत्र ब्रोकरहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न तोकता गरेको छ । आन्तरिक राजस्व विभागले ब्रोकरलाई पत्र काटेर १५ दिनभित्र तोकिएको भ्याट तिर्न निर्देशन दिएको हो । 
विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीलाई मूल्य अभिवृद्धि कर निर्धारण गरी मंसिर २५ सम्मको जरिवाना, ब्याज, तथा थप दस्तुर गणना गरी भुक्तानी गर्न पत्र काटेको हो । 
विभागले यसअघि पनि केही ब्रोकरलाई पत्र काटेर ३ वर्षयताको भ्याट तिर्न भनेको थियो । 
ब्रोकरहरुले अघिल्ला वर्षको कर तिर्न नमानेपछि अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, ब्रोकरहरुबीचको संयुक्त छलफलले उक्त विवाद टुंगाएको थियो, कान्तिपुरमा खबर छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्