
काठमाडौं, २८ मंसिर– विद्यालय तहमा योग्य र क्षमतावान शिक्षक उत्पादन गर्न हाल सञ्चालनमा रहेको तीन वर्षे र चार वर्षे बीएडजस्ता शैक्षिक कार्यक्रम खारेज गर्न विभिन्न शैक्षिक संस्थाहरुले सरकारलाई सुझाव दिएका छन् ।
शिक्षा क्षेत्रमा क्रियाशील विभिनन तीन सय २३ वटा संस्थाले तीन महिनाअघि गठन भएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगलाई यस्तो सुझाव दिएको हो ।
यी शैक्षिक कार्यक्रम खारेज गरी मानविकी, विज्ञान तथा व्यवस्थापनलगायतका संकायको अध्ययन पूरा गरेका विद्यार्थीलाई शिक्षण पेसामा आउन दिनुपर्ने उनीहरुको सुझाव छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान –एनसीई)को अगुवाइमा आयोगलाई बुझाइएको सुझाव प्रतिवेदनमा प्रारम्भिक बाल शिक्षादेखि पीएचडीसम्मको शैक्षिक योग्यतालाई स्तरीय गर्न सकिने आधार समेटिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।