०३ असार २०८३, बुधबार

५० वर्षदेखि चन्द्रमामा कोही पनि किन गएको छैन ?

मंसिर २८, २०७४
५० वर्षदेखि चन्द्रमामा कोही पनि किन गएको छैन ?

काठमाडौं, २७ मंसिर — ‘मानिसका लागि सानो कदम, मानवताका लागि ठूलो छलाङ’ । चन्द्रमामा पहिलो कदम राख्ने मानिसले यसो भनेका थिए । 

सन् १९६९ को २१ जुलाईमा नील आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेर इतिहास बनाएका थिए । त्यसपछि अमेरिकाले पाँचवटा मिसन चन्द्रमामा पठायो । 

सन् १९७२ मा चन्द्रमा पुग्ने युजिन सेरनन अन्तिम अन्तरिक्षयात्री थिए । उनीपछि कुनै पनि मानिस चन्द्रमामा पुगेको छैन । 

अब लगभग ५० वर्षपछि अमेरिकाले चन्द्रमामा मानिस फेरि पठाउने घोषणा गरेको छ । राष्ट्रपति ट्रम्पले यससम्बन्धी एक आदेशमा सोमवार हस्ताक्षर गरे । 

तर अमेरिका वा अन्य कुनै पनि देशले यत्तिका वर्षसम्म चन्द्रमामा कुनै पनि अन्तरिक्षयात्री किन नपठाएका हुन् ? 

खासमा चन्द्रमामा मानिस पठाउनु खर्चिलो हुन्छ । लस एन्जेलसको क्यालिफोर्निया विश्वविद्यालयमा खगोल विज्ञानका प्राध्यापक माइकल रिच भन्छन्, ‘चन्द्रमामा मानवसहितको मिसन पठाउँदा खर्च धेरै हुन्छ तर वैज्ञानिक उपलब्धि कम हुन्छ ।’ 

विशेषज्ञका अनुसार, यस मिसनमा वैज्ञानिक रुचिभन्दा बढी राजनीतिक कारण थियो । अन्तरिक्षमा नियन्त्रण जमाउने होडबाजीमा यसो गरिएको थियो । 

सन् २००४ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज बुशले मानवसहितको मिसन पठाउन खोजेका थिए । त्यसका लागि १०४, ००० मिलियन डलरको बजेट बनाइएको थियो । तर यति ठूलो बजेटका कारण परियोजना अघि बढ्न सकेन । 

विशेषज्ञहरूलाई यसपाली पनि त्यस्तै होला भन्ने डर लागिरहेको छ । ट्रम्पले आदेशमा हस्ताक्षर गर्नुअघि सिनेटसँग परामर्श गरेनन् । 

यसैले गर्दा अमेरिकी अन्तरिक्ष नियोग नासाले वर्षौंदेखि अन्य महत्त्वपूर्ण परियोजनामा काम गरिरहेको छ । 

त्यसो त नासाले चन्द्रमामा मानवसहितको मिसन पठाउनका लागि पैरवी गरिरहेको छ । चन्द्रमामा अझै धेरै वैज्ञानिक खोज गर्न बाँकी नै रहेको उसको तर्क छ । 

मानिस चन्द्रमामा पुग्दा धेरै नयाँ जानकारीहरू पाइने नासाको विश्वास छ । विगत केही वर्षयता चन्द्रमामा जाने रुचि बढेको छ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्