
बानेश्वरस्थित संसद् भवनभित्र प्रदर्शनकारीले कब्जा जमाएका छन् ।
सुरक्षा घेरा तोड्दै सयौंको संख्यामा प्रदर्शनकारी संसद्भित्र प्रवेश गरेका हुन् ।
हाम्रा समाचारदाता प्रकाश ओलीले जानकारी दिए अनुसार अहिले हुलका हुल प्रदर्शनकारीहरू संसद भित्र प्रवेश गरेका छन् ।
उनीहरूले भित्र तोडफोड र आगजनी गरिरहेका छन् ।
संसद् भवनभित्रको ग्यासको सिलिन्डर बाहिर निकालेका छन् । सांसद बस्ने कुर्सीहरू समेत तोडफोड र आगजनी गरेका छन् ।