०४ असार २०८३, बिहीबार

६० जिल्लाको मतगणना सकिदा विवेकशीललाई कति भोट ?

मंसिर २८, २०७४
६० जिल्लाको मतगणना सकिदा विवेकशीललाई कति भोट ?

काठमाडौं २८ मंसिर – निर्वाचन आयोगले मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको जनाएको छ । १७ जिल्लामा मतगणना कार्य जारी रहेको आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले जनाएको छ । 

हालसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए । प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली काँग्रेसले २५ लाख ४६ हजार ६९, नेकपा (माओवादी केन्द्र) ले १० लाख ४५ हजार ४४६ मत पाएका छन् । 

यसैगरी संघीय समाजवादी फोरम, नेपालले ३ लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी, नेपालले २ लाख ९५ हजार ४४८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले १ लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी, नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टी ५० हजार ४०१ र अन्य अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् । 

मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा धनुषा, सप्तरी, सर्लाही, महोत्तरी प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा अर्घाखाँची र प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्