
नेपाली सेनाले आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीबाट लुटिएका/फेलापरेका हातहतियार, गोलीगट्ठा एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ ।
त्यस्ता हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै सैनिक जनसम्पर्क निर्देशनालले हतियार बुझाउन भनेको हो ।
निर्देशनालयले विज्ञप्ति जारी गर्दै लुटिएका हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेलापरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ ।