१४ असार २०८३, आइतबार

ताप्लेजुङ पहिरोमा दुई घर पुरिए, दुई जना बेपत्ता

भदौ २५, २०८२
ताप्लेजुङ
ताप्लेजुङ पहिरोमा दुई घर पुरिए, दुई जना बेपत्ता

ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान पहिरो खस्दा दुईवटा घर पुरिएका छन्भने दुई जना बेपत्ता भएका छन् ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । 

पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छभने एकलाई सामान्य चोट लागेको छ । 

निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । निरन्तरको वर्षाले पहिरो खसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्