०७ असार २०८३, आइतबार
कारागारमा तनाव

डिल्लीबजारका कैदीबन्दीलाई सेनाले अन्यत्र सार्न थाल्यो

भदौ २५, २०८२
काठमाडौं
डिल्लीबजारका कैदीबन्दीलाई सेनाले अन्यत्र सार्न थाल्यो

कारागारभित्र आगजनी भएपछि डिल्लीबजारका कैदीबन्दीलाई अन्यत्र सार्न लागिएको छ ।

आगजनी र तोडफोड गरेर भाग्न खोजेका कैदीबन्दीलाई नेपाली सेनाको टोलीले रोक्न सफल भएको थियो ।

आगजनीका कारण त्यहाँ राख्ने पर्याप्त ठाउँ नभएपछि सेनाको गाडीमा राखेर अर्को कुनै कारागारमा लैजान लागिएको हो ।

कुन कारागारमा लैजान लागिएको भन्ने भने खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्