२४ असार २०८३, बुधबार

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ

भदौ २५, २०८२
सप्तरी
राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ

राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ गरिएको छ  ।

 प्रहरी नायब उपरिक्षक जितेन्द्रकुमार बस्नेतले २०५  कैदीबन्दी फरार भएकामा ३४ जनालाई एक घण्टा भित्रै पक्राउ गरिएको जानकारी दिए । अन्य फरार कैदीबन्दी भारत तर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्रमा खोज तलास तीव्र पारिएको उनले बताए । कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर कैदीबन्दी भागेका थिए ।

    प्रहरीका अनुसार फरार मध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् । सुरुमा कारागार भित्रका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दीले मुल ढोकाको ताल्चा फुटाएका थिए । कारागारमा पुरुष कैदीबन्दीका ‘ए’ र ‘बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टै गरी कुल तीन ब्लकमा  ३९५ कैदीबन्दी थिए । जसमा २३ महिला छन् । 

salt training

कमेन्ट गर्नुहोस्