
नेपाली सेनाले जेनजी आन्दोलनका कारण उत्पन्न विशेष परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यू आदेशको समय लम्ब्याएको छ । सेनाले बुधबार बिहानसम्म कर्फ्यू र निषेधाज्ञा लगाएकामा यो समय शुक्रबारसम्म लम्ब्याएको हो ।
सेनाले बुधबार राति जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा बिहीबार बिहान १० देखि बेलुका ५ बजेसम्म कायम हुनेछ । यस्तै त्यसपछि बेलुका ७ देखि शुक्रबार बिहान ६ बजेदेखि कर्फ्यू जारी गरिएको छ ।
यस्तै बिहानमा अत्यावश्यक कार्यका लागि आवतजावत गर्न बिहान ६ देखि १० बजेसम्मको समय दिइएको छ भने बेलुका ५ देखि ७ बजेसम्मको समय दिइएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसआधारमा बिहान ४ घण्टा र बेलुका २ घण्टा अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा तथा कर्फ्यु सम्बन्धी अद्यावधिक जानकारी#NepaliArmy#NationalUnity pic.twitter.com/voaEHvKQKa
— Nepali Army (@NepaliArmyHQ) September 10, 2025