२३ असार २०८३, मंगलबार
निषेधाज्ञा खुकुलो

काठमाडौं उपत्यकामा दिउँसो निषेधाज्ञा र राति कर्फ्यु : साँझ–बिहान आवतजावत गर्न पाइने

भदौ २६, २०८२
काठमाडौं
काठमाडौं उपत्यकामा दिउँसो निषेधाज्ञा र राति कर्फ्यु : साँझ–बिहान आवतजावत गर्न पाइने

नेपाली सेनाले काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा खुकुलो बनाइएको सेनाले जनाएको छ ।

नागरिकलाई अत्यावश्यक कार्यको लागि आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ । 

निषेधाज्ञा र कर्फ्युको अवधिमा समेत एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न पाउनेछन्।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जानकारी सेनाले दिएको छ । 

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो टिकट देखाई विमानस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यका बाहिरको क्षेत्रमा भने सुरक्षा परिस्थिति अनुसार सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्