०६ साउन २०८३, बुधबार

रेगुलेटरबाट ग्यास चुहिएर सिलिण्डर ग्यास पड्कँदा आगलागी

मंसिर २८, २०७४
रेगुलेटरबाट ग्यास चुहिएर सिलिण्डर ग्यास पड्कँदा आगलागी

काँकडभिट्टा, २८ मंसिर -झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ । 

मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताउनुभयो । 

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको छानो रहेको क्यान्टिन पूरै जलेको प्रहरीको भनाइ छ । 

मेचीनगर नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्