०९ साउन २०८३, शनिबार

समानुपातिकमा राप्रपाभन्दा विवेकशीललाई धेरै भोट, 'टप-टेन'मा कुन–कुन दल ?

मंसिर २८, २०७४
समानुपातिकमा राप्रपाभन्दा विवेकशीललाई धेरै भोट, 'टप-टेन'मा कुन–कुन दल ?

काठमाडौं २८ मंसिर– यसपटकको चुनावमा राष्ट्रिय पार्टी बनेर आर्को चुनावमा सरकारको नेतृत्व गर्ने लक्ष राखेको विवेकशील साझा पार्टीले तीन प्रतिसतको थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको छ । 

बिहीवार दिउँसोसम्म छैटाैं स्थानमा रहेको विवेकशीलले राप्रपाले भन्दा धेरै भोट पाएको छ । ६० जिल्लाको मतगणना सकिदा विवेकशीलले १ लाख ७८ हजार ९ सय ४० भोट पाएको छ । सातौमा रहेको राप्रपाले १ लाख ७८ हजार ५ सय ४२ भोट पाएको छ । 

पहिलो स्थानमा रहेको एमालेले २७ लाख १३ हजार भोट पाउँदा दशौं नम्बरमा रहेको नेमकिपाले ५० हजार ८ सय ६ मत पाएको छ । नवौं स्थानमा रहेको राप्रपा (प्रजातान्त्रिक)ले ६४ हजार ८ सय भोट पाउँदा सातौ स्थानमा रहेको नयाँ शक्ति पार्टीले ७० हजार ६ सय ४२ मत पाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्