०२ साउन २०८३, शनिबार

जेन-जीका माग संविधानसम्मत प्रक्रियाबाट पूरा गर्न हुम्लाका तीन दलको आग्रह

भदौ २६, २०८२
काठमाडौं
जेन-जीका माग संविधानसम्मत प्रक्रियाबाट पूरा गर्न हुम्लाका तीन दलको आग्रह

हुम्लामा क्रियाशील तीन राजनीतिक दलले जेन-जी पुस्ताका माग संविधानसम्मत प्रक्रियाबाट पूरा गर्न आग्रह गरेका छन् ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले जेन-जी पुस्ताले उठाएका माग संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न राष्ट्रपति रामचन्द्र पौडेलेबाट भइरहेको पहलको समर्थन गर्दै शान्ति सुरक्षा कायम गर्न र त्यसमा सहजीकरण गर्न सम्बद्ध सवै पक्षलाई अनुरोध गरेका छन् । 

जेन-जी आन्दोलनका एजेण्डाहरूको सम्मान गर्दै वर्तमान परिस्थितिमा संविधान र संसदीय प्रक्रिया भित्रबाट समाधान खोजिनुपर्ने उनीहरूको भनाइ छ । यसका लागि सर्वपक्षीय बैठक आव्हान गर्न अनुरोध गरिएको छ ।

जेन-जी आन्दोलनका बेला भदौ २४ गते भएको अकल्पनीय आगजनी, तोडफोड, आक्रमण र लुटपाटको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने, यो परिवेशमा धमिलो पानीमा माछा मार्ने र घुसपैठ हुने प्रवृतिप्रति सचेत रहँदै केन्द्रदेखि स्थानीय तहसम्म एकजुट र एकमत रहन उनी उनीहरूले अनुरोध गरेका छन् । 

प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रको पक्षमा सबै दलहरूलाई दृढतापूर्वक उभिन उनीहरूको आग्रह छ । 

‘हामी हुम्लाको विकास, शान्ति र सुशासनको पक्षमा निरन्तर क्रियाशील भएको पृष्ठभूमिमा सबै पक्ष र पुस्तालाई संयम्ता, उच्च सुजबुझ, सजगता र शान्तिपूर्ण रूपमा निकासका पक्षमा रहन अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । 

साथै, जेन-जी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण युवामा श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । ‘अहिलेको विषम परिस्थितिमा शान्ति, संवाद र समाधानका लागि स्पष्ट हुन आग्रह पनि गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्