०७ असार २०८३, आइतबार

तनहुँमा मृत भेटिएका दुई महिलाको पहिचान खुलेन

भदौ २७, २०८२
तनहुँ
तनहुँमा मृत भेटिएका दुई महिलाको पहिचान खुलेन

तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेला परेको हो । नदी किनारमा अन्दाजी ५५–६० वर्षीया वृद्धाको शव फेला परेको हो ।

स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ । 

शवको सनाखत गर्ने कार्यका लागि घरपरिवार तथा आफन्तका बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुलेको छैन ।

त्यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेलापरेको छ । डिहीगाउँ जाने पक्की पुलमुनि अन्दाजी ३०–३५ वर्षीया महिलाको शव फेलापरेको हो । 

पानीमा डुबिरहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि अस्पतालमा राखिएको र सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्