
भक्तपुर, २८ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत एकजना नायब सुब्बलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको छ ।
अख्तियारको टोलीले मालपोत कार्यालयको रजिष्ट्रेसन फाँटका देवराज काफ्लेलाई १ लाख रुपैयाँ घुससहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
नायव सुब्बा काफ्ले भक्तपुरको सूर्यविनायक नगरपालिका–१ को नखेलको जग्गा पास गरिसकेपछि आफ्नै कार्यालयको अन्डरग्राउन्डमा सेवाग्राहीसँग पैसा लिँदालिँदै पक्राउ परेका हन् । थप अनुसन्धानको लागि उनलाई अख्तियारले हिरासतमा लिएको छ ।